>
Nature Lovers' Group
निरोग-आनन्दको रहस्य—म कसरी आफ्नो डाक्टर (आ.डा.) भएँ ?
निरोगी, आनन्दित र स्वतन्त्र जीवनका लागि आफ्नो डाक्टर आफै हुन सबैलाई काम लाग्ने अनुपम पुस्तक
Nature Lovers' Group
अमृत भोजन कक्षबाट उचित आहार प्रवर्द्धन (उआविविसा प्रदर्शन कक्ष, सातदोबाटोबाट)
Nature Lovers' Group
आस्वा आहा उआविवि अभियान ! जनताको स्वास्थ्य अभियान !
Nature Lovers' Group
रोगमुक्त जीवनको यात्रा
“प्राकृतिक उपाय र सरल अभ्यासले शरीर र मन दुवैलाई रोगमुक्त राख्न सहयोग गर्छ।”
Nature Lovers' Group
निरोग-आनन्दधाम— आफ्नो स्वास्थ्य आफ्नै हातमा लिने ठाउँ
निरोग-आनन्दधाम— आफ्नो स्वास्थ्य आफ्नै हातमा लिने ठाउँ
Nature Lovers' Group
मानिसको कोणबाट राज्यको पुनर्संरचना सचेतना कार्यक्रम
सबै क्षेत्रमा आस्वा आहा उआविवि लागू गरी सार्वभौमसत्तासम्पन्न स्वतन्त्र मानिसहरुको समाज सिर्जनामा सहयोग पुर्याउन
Nature Lovers' Group
आस्वा आहा उआविवि अभियान
आस्वा आहा उआविवि अभियान ! निरोग-आनन्द र स्वतन्त्रताको जन-अभियान !
Nature Lovers' Group
आस्वा आहा योग–व्यायाम स्वाध्याय अभियान !

प्रकृति प्रेमी समूह परिचय र आह्वान !

Nature Lovers’ Group – NLG

अहिले अधिकांश मानिस कुनै न कुनै शारीरिक र मानसिक समस्यामा परेका देखिन्छन् र समस्याबाट मुक्त हुन औषधि, शल्यक्रिया र विशेषज्ञ औषधि– उपचार व्यवसायीको भर पर्ने चलन चलेको छ । तर अत्याधुनिक औषधि, यन्त्र–उपकरण प्रयोग र विशेषज्ञ चिकित्सकको प्रयासको बाबजुद पनि त्यस्ता समस्याबाट मुक्त हुनुको सट्टा समस्याग्रस्त मानिसको संख्या बढ्दो देखिन्छ । यसबाट प्रश्न उठ्छ, के वास्तवमा मानिस स्वस्थ र आनन्दित रहन नसक्ने नै हो त ?वास्तविकतामाथि नियालेर हेर्ने हो भने वास्तवमा शारीरिक मानसिक समस्याबाट अधिकांश अवस्थामा मुक्त हुन सकिने देखिन्छ तर त्यो काम औषधि र उपचारकमाथि मात्र भर परेर हुन सक्दैन । औषधि र चिकित्सकले नै स्वस्थ र आनन्दित राख्न सक्ने भएमा संसारमा एक जना पनि रोगी हुने थिएन । यसको अर्थ, स्वास्थ्यको सत्य र रहस्य हो—  हरेक व्यक्ति आफ्नो स्वास्थ्यको जिम्मेवार आफै हुन्छ ! स्वास्थ्यको यही सत्य र रहस्यलाई जनजनसम्म पुर्याएर जनतालाई आफ्नो स्वास्थ्यको आफै जिम्मेवार हो भन्ने सत्य बोध गर्न सहयोग गर्दै आफ्नो स्वास्थ्यको हेरविचार आफै गर्न, उचित आहार, विहार र विचार अपनाएर आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन र मूलत: आफ्नो पहिलो डाक्टर आफै हुन सहयोग पुर्याउन प्रकृति प्रेमी समुह संस्था स्थापना भएको हो।   प्रकृति प्रेमी समुहले स्वास्थ्यको सत्य र रहस्य, उचित आहार, विहार र विचार बुझ्न र अपनाउन विविध ढंगले प्रेरित र सहयोग गर्छ तर उपचार गरिदिने काम गर्दैन।  उचित आहार, विहार र विचार अपनाएर निरोगी रहने र रोग लागे रोगमुक्त हुने प्रथम उपाय पनि आफैले गर्नुपर्छ। परिस्थितिले मिलेसम्म आफ्नो पहिलो डाक्टर आफै हुनु पर्छ। 
शरीरको परिस्थितिअनुसार उचित आहार, विहार र विचार अपनाउनु, निरोगी रहनु वा रोगमुक्त हुनु हरेक व्यक्तिको कर्तव्य र अधिकार दुवै हो। यही कर्तव्य र अधिकार लागू गर्ने (निरोगी मानिस निरोगी नै रहने र रोगी मानिस रोगमुक्त हुने) व्यक्ति (संस्थाका सदस्यहरु) को काममा प्रेरणा र सहयोग पुर्याउनु प्रकृति प्रेमी समुह संस्थाको वैधानिक काम हो। तर संस्था आफैले उपचार गरिदिने काम, पेसा, व्यवसाय, व्यापार पनि गर्दैन। यस अर्थमा संस्था उपचार गर्ने स्वास्थ्यसेवा प्रदायक संस्था होइन। यो संस्था आस्वा आहा (आफ्नो स्वास्थ्य आफ्नै हातमा, उचित आहार, विहार र विचार) अभियानको प्रवर्तक, स्वस्थ जीवनशैलीको उत्प्रेरक तथा संवाहक हो। त्यसैले संस्थाको सदस्य भई उचित आहार, विहार र विचार अपनाउने हरेक व्यक्ति अधिकांश अवस्थामा आफै निरोगी र रोगमुक्त हुन सक्छ। 
उचित आहार, विहार र विचार अपनाएर आफ्नो स्वास्थ्यको मालिक आफै हुन चाहने, आफु निरोगी भई  निरोगी नेपाल— स्वस्थ विश्व अभियानमा आफ्नो भागको जिम्मेवारी पूरा गर्न चाहने सबैलाई प्रकृति प्रेमी समुहमा सदस्य बन्न स्वागत छ ! वास्तवमा हरेक व्यक्तिले आफू स्वस्थ रहने जिम्मेवारी पूरा गरेमा निरोगी नेपाल— स्वस्थ विश्व लक्ष मात्र नभई यथार्थ हुन केही गाह्रो हुने छैन।  आउनु होस् हामी सबैले उचित आहार, विहार र विचार अपनाऔं, आफू निरोगी रहने  आ-आफ्नो जिम्मेवारी पूरा गरौँ र निरोगी नेपाल— स्वस्थ विश्व अभियान साकार पारौं ! यसको लागि प्रकृति प्रेमी समूह संस्थाले दुई दर्जन बढी कार्यक्रमहरु संचालन गरिरहेको छ।  सदस्य भएर आफुलाई चाहिने कार्यक्रमहरुमा सहभागी होऔं !
आस्वा आहा उआविवि अभियान !
निरोग-आनन्द र स्वतन्त्रताको जन-अभियान !

प्रकृतिप्रेमी समूह (नेचर लभर्स ग्रुप – NLG)

आन्तरिक शान्ति

र स्वास्थ्यको यात्रा

सचेत जीवन र प्रकृतिसँगको सम्बन्धमार्फत शरीर, मन र आत्मलाई पोषण दिनुपर्छ। हाम्रो कार्यक्रमहरू प्राचीन ज्ञान र आधुनिक विज्ञानमा आधारित छन् र सन्तुलन, शक्ति र आत्म-सचेतना प्रवर्द्धन गर्छन्। उचित आहार, विहार र विचार मार्फत, हामी सदस्यहरूलाई स्पष्टता, आन्तरिक शान्ति र समग्र स्वास्थ्य सिंचित गर्न सहयोग गर्छौं। आजको छिटो गतिमा दौडिरहेको संसारमा, प्रकृति प्रेमी समुह (NLG) शान्ति, स्वास्थ्य र समरसताको मार्ग प्रदान गर्छ।
सेवाका वर्षहरू
0 +
सक्रिय सदस्यहरू
0 +
कार्यक्रमहरू र क्रियाकलापहरू
0 +
पुस्तकहरू र प्रकाशनहरू
0 +

कार्यक्रमहरू र गतिविधिहरू

प्रकृतिप्रेमी समूह (NLG) ले समग्र स्वास्थ्य, आनन्द र आत्मनिर्भरता (स्वतन्त्रता)  प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू र गतिविधिहरू आयोजना गर्छ।

आस्वा आहा योग–व्यायाम स्वाध्याय अभियान !

आस्वा आहा हाइकिंग अभियान ! स्वस्थ पर्यटन अभियान !

आस्वा आहा ट्रेक्किंग अभियान ! स्वस्थ पर्यटन अभियान !

आस्वा आहा – आफ्नो स्वास्थ्य आफैं हेरचाह गर्ने तथा स्व–उपचार परामर्श कार्यक्रम

दिशा बदले दशा सप्रिन्छ, साँचो ध्यान’ आवासीय शिविर कार्यक्रम

निरोग-आनन्दको रहस्य—म कसरी आफ्नो डाक्टर (आ.डा.) भएँ ? (वितरण अभियान !)

निरोग– आनन्दधाम— निर्माण/सञ्चालन, प्रवर्द्धन अभियान !

मानिसको कोणबाट राज्यको पुनर्संरचना सचेतना कार्यक्रम

एकदिने आस्वा आहा तथा वैज्ञानिक रेकी अन्तर्क्रिया/स्वाध्याय कार्यक्रम

अमृत भोजन कक्षबाट उचित आहार प्रवर्द्धन (उआविविसा प्रदर्शन कक्ष, सातदोबाटोबाट)

१२ जोड ४ महिने सघन योग अभियन्ता स्वाध्याय कार्यक्रम

एक दिने नियमित मासिक पदयात्रा (हाइकिङ) कार्यक्रम (दोस्रो र चौथो शनिबार)

अनुभव बाँडचुंड

हाम्रा खुशी

सदस्यहरू के भन्छन्

“मैले प्रवृत्ति प्रेमी समूहको विभिन्न स्वास्थ्य कार्यक्रमहरूमा सहभागी भएर आफ्नै जीवनशैलीमा सुधार ल्याउन सफल भएको छु। ‘उचित आहार, विहार र विचार’ प्रशिक्षणले मेरो दैनिक जीवनलाई व्यवस्थित बनाएको छ र मानसिक शान्ति महसुस गराएको छ। संस्थाले प्रदान गर्ने परामर्श र स्वाध्याय कार्यक्रमहरूले स्वास्थ्य र जीवनशैली सुधार्न वास्तविक मार्ग देखाएका छन्। म सम्पूर्ण समुदायलाई यहाँका कार्यक्रमहरूमा सहभागी हुन प्रेरित गर्दछु।”
दीपक श्रेष्ठ
“निरोग–आनन्दधामको आवासीय कार्यक्रमले मलाई आत्मविकास र स्वस्थ जीवनको मार्ग देखाएको छ। यहाँको स्वाध्याय, ध्यान र आहार प्रशिक्षणले मेरो मानसिक तनाव कम भएको छ र शरीरमा ऊर्जा बढेको महसुस हुन्छ। म यो अनुभव अरू सबैलाई पनि सिफारिस गर्छु।”
सरिता ज्ञवाली
“म प्रवृत्ति प्रेमी समूहको कार्यक्रममा सहभागी भएपछि मेरो जीवनमा अत्यन्त सकारात्मक परिवर्तन आएको छ। यहाँका विशेषज्ञहरूको मार्गदर्शन अनुसार मैले आफ्नो आहार, विहार र विचारलाई व्यवस्थित गरेपछि शरीर र मन दुवैमा निरोगीपन महसुस गर्न थालेको छु। विशेषगरी ‘साँचो ध्यान’ र ‘दिशा बदले, दशा सप्रिन्छ’ आवासीय शिविरले मेरो मानसिक शान्ति र आत्मविश्वासमा ठूलो सुधार ल्याएको छ। म सबैलाई यो संस्थाको कार्यक्रमहरूमा सहभागी हुन सिफारिस गर्छु।”
सिता प्रधान
“मैले प्रवृत्ति प्रेमी समूहको ‘स्वस्थ रहन उचित आहार, विहार र विचार’ कार्यक्रममा भाग लिएर आफ्नो स्वास्थ्यमा वास्तविक सुधार अनुभव गरेको छु। यहाँ दिइने निःशुल्क परामर्श र व्यावहारिक प्रशिक्षणले मलाई आफ्नै स्वास्थ्य आफैं व्यवस्थापन गर्ने क्षमता प्रदान गरेको छ। यो संस्थाले प्रवर्द्धन गर्ने प्राकृतिक जीवनशैली र स्वास्थ्य विज्ञानको ज्ञान सबैका लागि अतिनै उपयोगी र आवश्यक छ।”
रमेश कुमार थापा
“NLG gave me a sense of belonging and purpose. The members are supportive, and every event feels meaningful. I’ve learned to take care of my health naturally and to live more consciously. I’m proud to be part of this growing movement for health, happiness, and independence.”
Sunita KC, Bhaktapur
“The trekking programs organized by NLG are not only adventurous but deeply spiritual. Walking through nature, breathing fresh air, and meditating by rivers helped me find peace within. I learned the real meaning of balance — between body, mind, and soul.”
Rabin Shrestha, Member since 2021
“The activities of Prakriti Premee Samuha—especially yoga, meditation, and trekking—have helped me connect with nature and myself. I feel more aware, calmer, and happier. NLG is not just an organization; it’s a family that guides you toward true inner peace.”
Anjana Maharjan, Kathmandu
“I was constantly tired and stressed before joining the group. After attending NLG’s yoga and self-healing sessions, I realized how powerful nature’s methods are. I now feel more energetic and emotionally balanced than ever. This organization has given me a new way of life.”
Keshav Adhikari, Lalitpur

ब्लगहरू

हाम्रा

ब्लगहरू

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !

पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !

योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !

२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !

राष्ट्रिय योग दिवस साताव्यापी कार्यक्रम, योग-स्वास्थ्य चेतनामूलक प्रभातफेरी !

राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु

प्रकृति प्रेमी समुहको पछिल्लो खबर 

माघ १ राष्ट्रिय योग दिवस !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us