सदस्यहरुलाई जीवनको साचो कला सिक्न पाईने विशेष कार्यक्रमको सूचना !!!!!
सदस्यहरुलाई
जीवनको साचो कला सिक्न पाईने विशेष कार्यक्रमको सूचना !!!!!
=========================================
१) असार १५, १६ १७ मा सदस्यहरुका लागि निरोग-आनन्दधाम, दलचोकीमा सप्ताहन्त (Weekend) कार्यक्रम ! काठमाडौँको उखर्माउलो गर्मीबाट २ रात डेढ दिन भएपनि मुक्त रही निरोग-आनन्दधामको शितल छहारीमा उचित आहार, विहार र विचारको अभ्यास गर्न ज्ञानवर्द्धक-स्वास्थ्यवर्द्धक विशेष कार्यक्रममा सहभागी हुन ईच्छुक सदस्यहरुले असार १४ गते बिहिबारभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ !
२) २०७५ असार १६ गते शनिबार नयाँ निरोगधाम सदस्यहरुका लागि “उचित आहार, विहार र विचार प्रयोग गरी आफ्नो स्वास्थ्य आफ्नै हातमा लिने विधि” बारे एक दिने अन्तरक्रिया प्रकृति प्रेमी समुहको शितल निवास, निरोग-आनन्दधाम, दलचोकीमा सहभागी हुन तत्पर सदस्यहरुले १४ गते बिहिबारभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ ।
३) २०७५ असार २८ गते बिहान ७ बजेदेखि श्रावण ३ गते बिहान ८ बजेसम्म ७ दिन ७ रातको ज्ञानवर्द्धक-स्वास्थ्यवर्द्धक विशेष कार्यक्रम “दिशा बदले दशा सप्रिन्छ” प्रकृति प्रेमी समुहको शितल निवास दलचोकीमा सहभागी हुन ईच्छुक सदस्यहरुले असार २१ गते बिहिबारभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ ।


Leave a Reply