प्रकृति प्रेमी समुहको ताजा खबर !

प्रकृति प्रेमी समुहको ताजा खबर !
======================

२०७५ असार ११ गते साँझ निरोगधाममा बसेको प्रकृति प्रेमी समुह, कार्य समितिको बैठकले निम्न निर्णयहरु गर्यो :
———————————————
१) असार १५, १६ १७ मा सदस्यहरुका लागि निरोग-आनन्दधाम, दलचोकीमा सप्ताहन्त (Weekend) कार्यक्रम गर्ने ! काठमाडौँको उखर्माउलो गर्मीबाट २ रात डेढ दिन भएपनि मुक्त रही निरोग-आनन्दधामको शितल छहारीमा उचित आहार, विहार र विचारको अभ्यास गर्न सहभागी हुन ईच्छुक सदस्यहरुले असार १४ गते बिहिबारभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ !

२) २०७५ असार १६ गते शनिबार नयाँ निरोगधाम सदस्यहरुका लागि “उचित आहार, विहार र विचार प्रयोग गरी आफ्नो स्वास्थ्य आफ्नै हातमा लिने विधि” बारे एक दिने अन्तरक्रिया प्रकृति प्रेमी समुहको शितल निवास, निरोग-आनन्दधाम, दलचोकीमा गर्ने ! सहभागी हुन तत्पर सदस्यहरुले १४ गते बिहिबारभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ ।

३) २०७५ असार २० गते “राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस” का दिन विविध कार्यक्रम हुने !

४) २०७५ असार २३ गते १३४ सौं नियमित मासिक निरोग-आनन्दमय पदयात्रा भक्तपुर, डोलेश्वर महादेव, आशापुरेश्वर महादेव हुँदै साँगा भन्ज्यांगसम्म गर्ने ! टन्टलापुर घाम वा मुशल्धारे वर्षा भएपनि उकालो, ओरालो, अप्ठेरो बाटो हिंड्न शारिरीक तथा मानसिक रुपमा तत्पर तथा संस्थाको नियम अनुसार उचित आहार गर्न रुची भएका मित्रहरुले मात्र असार २१ गते भित्र नाम दर्ता गर्नु हुन अनुरोध !

५) २०७५ असार २८ गते बिहान ७ बजेदेखि श्रावण ३ गते बिहान ८ बजेसम्म ७ दिन ७ रातको ज्ञानवर्द्धक-स्वास्थ्यवर्द्धक विशेष कार्यक्रम “दिशा बदले दशा सप्रिन्छ” प्रकृति प्रेमी समुहको शितल निवास दलचोकीमा गर्ने ! सहभागी हुन ईच्छुक सदस्यहरुले असार २१ गते बिहिबारभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ ।

६) प्रकृति प्रेमी समुहको १६ रौँ वार्षिक साधारण सभा २०७५ भाद्र १६ गते शनिबार प्रकृति प्रेमी समुहको शितल निवास निरोग-आनन्दधाम दलचोकीमा गर्ने। मताधिकार प्राप्त सबै सदस्य मित्रहरुमा साधारण सभाको तिथि सम्झनाका लागि अनुरोध

Image may contain: sky, tree, plant, outdoor and natureNo automatic alt text available.Image may contain: 1 person, mountain, outdoor and nature

Leave a Reply

Your email address will not be published. Required fields are marked *